
बीरगन्ज । ‘फ्रेन्डस राउन्ड टेबल ८’ को आयोजनामा बीरगन्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बहुवरीस्थित होटल क्लार्कमा सम्पन्न कार्यक्रममा एक जना महिलासहित २८ जनाले रक्तदान गरेका छन् ।
राउन्ड टेबल नेपाल आरटीआइ दिवस अन्र्तगत कार्यक्रम आयोजना गरिएको हो । रक्तसञ्चार केन्द्रमा भएको रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
रक्तदान गर्नेहरुमा अंशु कुमार कुर्मी, मनु कुमार, बिकास राय, दिपेन्द्र बोहोरा, शम्भु प्रसाद कुर्मी, शेषनाथ राम, रवि कुमार राय, राजेन्द्र बोहोरा, गम्भीर प्रसाद गिरी, दिनानाथ प्रसाद, बिशाल कुशवाहा, राजु साह कानु, बिशाल पटेल, प्रभात कर्ण लगायतका रहेका रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले बताए ।
होटेल क्लार्कका सञ्चालक सुदिप कुमार खेतानको अध्यक्षतामा भएको कार्यक्रममा बीरगन्ज फ्रेन्डस राउन्ड टेबल द का सदस्य दिपल खन्ना, अक्क्षत साह लगायतकाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र बीरगन्जका प्राविधिक मनिष गुप्ता, नमित चौरसिया, लिलाधर साह, नितेश साह लगायतको टोलीले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।