ट्रेन्डिङ

बीरगन्जको रानीघाट नजिकैबाट एक किशोरीको शव फेला, हाम फालेकी राधिकाको शव रहेको प्रहरी अनुमान

बीरगन्ज । बीरगन्जको रानीघाट नजिकै एक किशोरीको शव फेला परेको छ । रानीघाटस्थित एमाले पार्टी कार्यालय नजिकैबाट आज बिहान एक किशोरीको शव फेला परेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

फेला परेको शवको सनाखत हुन नसकेको पर्सा प्रहरी दीपक भारतीले बताए ।
उनका अनुसार तर अस्ती नदीमा हाम फालेको किशोरीको शव रहेको प्रहरी अनुमान छ ।

त्यसकारण ती किशोरीको परिवारजनलाइ बोलाएर सनाखत गराउने काम भैरहेको उनी बताउछन ।

आइतवार बिहान ९ बजे बाराकी राधिका कुमारी दासले सिर्सिया नदीमा हाम फालेकी थिइन ।

उनकै शव खोज्ने क्रममा प्रहरीले आज विहान उक्त शव फेला पारेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै