ट्रेन्डिङ

एमबीबीएस र बीडीएसको सिट संख्या बढ्यो, यी कलेजमा सबैभन्दा धेरै सिट

वीरगन्ज। चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सिट संख्या बढाउने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको आयोगको बैठकले यो निर्णय गरेको हो।

नयाँ निर्णयअनुसार, एमबीबीएसको सिट संख्या बढाएर १०० बाट १३० र बीडीएसको सिट संख्या ५० बाट ६० पुर्‍याइएको छ। यो निर्णय मेडिकल कलेजहरूको पूर्वाधार र फ्याकल्टीजस्ता मापदण्डहरू हेरेर गरिएको आयोगले जनाएको छ।

सबैभन्दा धेरै सिट पाउने कलेजहरूमा १३० सिट पाउने विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस रहेका छन् भने १२० सिट पोखराको मणिपाल शिक्षण अस्पतालले पाउने भएको छ ।

यद्यपि, चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले भने मेडिकल कलेजहरूको सिट र शुल्क वृद्धि नगर्न सरकारलाई चेतावनी दिँदै आएका छन्। उनी चिकित्सा शिक्षामा पारदर्शिता र पहुँचको पक्षमा लगातार आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै