ट्रेन्डिङ

बिकलको स्मृतिमा जुनियर कप फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा

बीरगन्ज । बाराको निजगढ नगरपालिकाले ‘बिकल स्मृति जुनियर कप फुटबल प्रतियोगिता’ आयोजना गर्ने घोषणा गरेको छ ।

नगरप्रमुख सुरथ पुरीले हरेक वर्ष विकल स्मृति जुनियर कप फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन् ।

नगरपालिकाले सोमवार बिहान निजगढमा आयोजना गरेको विकलको श्रद्धाञ्जली सभामा प्रमुख पुरीले रेग्मीको स्मृतिमा प्रतियोगिता संचालन गर्ने घोषणा गरे ।

नगरपालिकाको वडा नम्बर ८ निवासी १४ वर्षिय बिकलको यहि १२ गते शनिवार अविरल वर्षासँगै आएको पहिरोमा परि मृत्यु भएको हो ।

घटनामा विकलसहित मकवानपुरका अनुपम घलान, साईमन योन्जन, दिवस बानिँया, सर्लाहीका आदित्य बलम्पाकी, काठमाडौका रियान्स आचार्यसमेतको ज्यान गएको छ ।

अनुपम जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलानका छोरा हुन् ।

उनीहरु एन्फाले मकवानपुरको सिस्नेरीमा संचालन गरेको वत्सलादेवी एकेडेमीमा प्रशिक्षार्थी खेलाडीका रुपमा प्रशिक्षणरत थिए ।

विकल, अनुपम र साईमनको शव पोष्टमार्टम पछि सोमवार काठमाडौबाट हेलिकप्टरमार्फत हेटौंडा ल्याईएको हो ।

हेटौंडाबाट निजगढ पुु¥याइएको विकलको शव नगरपालिकामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

निजगढस्थित बकैयाघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै