ट्रेन्डिङ

सिर्सिया नदीमा हाम फाल्ने किशोरी २७ घण्टादेखि बेपत्ता, भारतसँगको समन्वयमा खोजी अझ जारी

बीरगन्ज । बीरगन्जको सिर्सिया नदीमा हाम फालेकी किशोरी अझ फेला परेकी छैनन् ।

नदीमा हाम फालेको २७ घण्टा भन्दा बढी बितिसक्दा समेत किशोरीको अवस्था अझ अज्ञात रहेको पर्सा प्रहरीले जनाएको छ ।

फाल हानेकी किशोरी फेला पर्न नसकेपछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको झण्डै २० जनाको संयुुक्त टोलीले खोजीका लागि परिचालित छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी दीपक भारतीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आइतबार बिहानै देखि किशोरीको खोजी जारी राखेको बताए ।

उनका अनुसार किशोरी हाम फालेको सिर्सिया नदीदेखि नेपाल भारत बोर्डरसम्मको एरियामा खोजी तीव्र रुपले भइरहेको छ । तर उनको अवस्थाबारे पत्ता नलागेको डिएसपी भारतीले जानकारी दिए ।

भारत प्रहरीसँग समन्वय गरि आइतबार बिहानैदेखि नदीमा बेपत्ता किशोरीको खोजी गरिरहेको उनको भनाइ थियो । उनी भन्छन्, ‘असोज ११ र १२ गतेको अविरल वर्षाले सिर्सिया नदीमा बाढी आएको छ । किशोरीलाई बगाएर भारततर्फ लगेको भन्ने अनुमान छ । त्यहि कारण भारतीय प्रहरीसँग पनि समन्वय गर्दै हाम्रो टोलीले यताबाट खोज्दैछ ।’

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताउँदै डिएसपी भारतीले किशोरीलाई फेला पारेपछि मात्र उनीबारे यथार्थ विवरण खुल्ने बताए ।

आइतबार बिहान ९ बजे रानीघाटस्थित पुलबाट सिर्सिया नदीमा १७ वर्षीया किशोरी हाल फालेकी थिइन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै