ट्रेन्डिङ

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट दिए राजीनामा

वीरगन्ज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीको सहायक हवल्दार पदबाट राजीनामा दिएका छन्।

केही महिनाअघि बुझाएको उनको राजीनामा केही दिनअघि स्वीकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि गरेका छन्।

प्रवक्ता घिमिरेका अनुसार, ऐरीले राजीनामा पत्रमा घरायसी कारण देखाएका छन्। उनको यो कदमलाई क्रिकेटमा पूर्ण रूपमा केन्द्रित हुने संकेतका रूपमा हेरिएको छ। दीपेन्द्र ऐरी नेपाली क्रिकेटका एक महत्त्वपूर्ण खेलाडी हुन्, जसले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

प्रहरी सेवामा रहँदा पनि उनले राष्ट्रिय टोलीबाट निरन्तर राम्रो प्रदर्शन गरिरहेका थिए। अब प्रहरी सेवाबाट अलग भएपछि उनको ध्यान पूर्णतया क्रिकेटमा केन्द्रित हुने र यसले उनको खेल जीवनमा थप निखार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै