ट्रेन्डिङ

पर्साको सखुवा प्रसौनीको बजेट ५९ करोड बढी, ‘एक गाउँ, एक उद्यम’ र ‘फ्री स्वास्थ्य बीमा’मा जोड

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज आफ्नो १५औँ गाउँसभा सम्पन्न गरेको छ।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५९ करोड ३१ लाख ५८ हजार ३०३ रुपैयाँको बजेट सार्वजनिक गरिएको हो।

गाउँपालिका अध्यक्ष यसवन्त यादवको अध्यक्षतामा सम्पन्न यस महत्वपूर्ण अधिवेशनमा उपाध्यक्ष शर्मिला बिस्ट महतोले आगामी वर्षका लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । उनले गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई बजेटको मुख्य प्राथमिकतामा राखिएको जानकारी दिइन् ।

कार्यक्रममा गाउँपालिकाका ६ वटै वडाका अध्यक्ष तथा सदस्यहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, समाजसेवी, शिक्षक, स्थानीय लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष यादवले आगामी वर्षका प्रमुख कार्यक्रमहरू घोषणा गर्दै ‘एक गाउँ, एक उद्यम’ कार्यक्रमलाई उच्च प्राथमिकता दिइने बताए । शिक्षा क्षेत्रमा विद्यालयहरूको अनुगमन गरी आवश्यक पूर्वाधार विकास गर्ने र प्राविधिक शिक्षामा जोड दिने योजना रहेको उनले बताए । स्वास्थ्य सेवामा सुधार ल्याउन आधारभूत अस्पताललाई व्यवस्थित गर्दै ‘स्वास्थ्य बीमा’लाई प्रोत्साहन गरिने घोषणा गरियो ।

कृषि क्षेत्रको विकासका लागि पनि गाउँपालिकाले ठोस योजनाहरू अगाडि सारेको छ। कृषि सिँचाइका लागि ट्रान्सफार्मर र पोलको व्यवस्था, कृषि उपजको बजार विस्तार, कोल्ड स्टोर स्थापनासहित आधुनिक कृषि बजार विकास, ‘एक घर, एक रुख’, पशु बीमा र अर्गानिक खेती प्रवर्द्धन जस्ता कार्यक्रमहरू प्राथमिकतामा राखिएको छ । भौतिक पूर्वाधारतर्फ कालोपत्रे सडक विस्तारमा विशेष जोड दिइने बजेटमा उल्लेख छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै