ट्रेन्डिङ

कलैया उपमहानगरपालिकाद्वारा १ अर्ब ७२ करोड बढीको बजेट सार्वजनिक

बारा । कलैया उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७ सय ३९ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

सोमबार नगर सभामा उपमेयर रौशन प्रविनले उक्त बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तुत बजेटले कृषि, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। नगरको समग्र विकास, पूर्वाधार निर्माण र अन्य सामाजिक क्षेत्रमा यो बजेट खर्च गरिने उपमेयर प्रविनले जानकारी दिइन्। बजेटले स्थानीय आवश्यकता र प्राथमिकताहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको बताइएको छ।

बजेट प्रस्तुत कार्यक्रममा मेयर विनोद साह, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, नगरपालिकाका कर्मचारी, नगर कार्यपालिका सदस्य, विभिन्न वडाका वडाध्यक्ष, सदस्य तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै