ट्रेन्डिङ

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

वीरगन्ज । स्कटल्याण्डमा लिग २ का एकदिवसीय खेलहरू र त्रिदेशीय टी–२०आई शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले टोलीलाई स्वागत गरेका थिए।

स्कटल्याण्ड भ्रमणमा नेपालले लिग २ को एकदिवसीय शृंखलामा नेदरल्याण्ड्सविरुद्ध दुवै खेलमा जित हासिल गर्‍यो। यद्यपि, स्कटल्याण्डसँगको दुई खेलमध्ये एकमा २ रनले पराजित भए पनि अर्को खेलमा विजयी भएको थियो।

त्यसैगरी, त्रिदेशीय टी–२०आई शृंखलामा पनि नेपालको प्रदर्शन मिश्रित रह्यो। कुल ४ खेलमध्ये नेपालले २ खेलमा जित हात पार्‍यो, जसमा दुवै प्रतिद्वन्द्वीलाई एक–एक पटक हराउन सफल भयो भने एक–एक पटक पराजित पनि भयो।

स्कटल्याण्ड जानुअघि नेपाली टोलीले युके भ्रमण गरी अभ्यास खेलहरू खेलेको थियो, जसले लिग २ को प्रदर्शनमा सहयोग पुर्‍याएको थियो।

अब नेपाली टोलीको ध्यान आगामी टी–२० विश्वकप छनोटमा केन्द्रित हुनेछ। यसका लागि नेपालले भारत, श्रीलंका र अस्ट्रेलियाका विभिन्न ठाउँमा अभ्यास खेलहरू खेल्ने तालिका तय भइसकेको छ। साथै, सेप्टेम्बरमा वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२०आई शृंखला खेल्ने पनि तय भएको छ। यो भ्रमणले नेपाली क्रिकेटलाई थप अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै