वीरगन्ज । मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएको छ।
प्रदेश सभामा अर्थमन्त्री सुनिलकुमार यादवले ४६ अर्ब ५८ करोड ३३ लाख बराबरको बजेट प्रस्तुत गरेका हुन्। यस बजेटमा विभिन्न मन्त्रालयहरूमा निम्नानुसार बजेट विनियोजन गरिएको छ :
भौतिक पूर्वाधार विकास मन्त्रालय : १५ अर्ब ८८ करोड ७१ लाख ८५ हजार
स्वास्थ्य तथा शिक्षा मन्त्रालय : ६ अर्ब ४५ करोड ६१ लाख
उर्जा सिचाइ तथा खानेपानी मन्त्रालय : ४ अर्ब ४१ करोड ९९ लाख ९९ हजार
शिक्षा तथा संस्कृति मन्त्रालय : ३ अर्ब ५७ करोड ६६ लाख ५५ हजार
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय : ३ अर्ब ८ करोड ७१ लाख ७४ हजार
वन तथा वातावरण मन्त्रालय : २ अर्ब ३७ करोड ५६ लाख ३८ हजार
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय : २ अर्ब ८३ करोड रुपैयाँ
गृह मन्त्रालय : ६४ करोड ८९ लाख ९७ हजार
श्रम तथा यातायात मन्त्रालय : ५७ करोड १४ लाख ५० हजार
खेलकुद मन्त्रालय : १ अर्ब ६८ करोड ७३ लाख
आगामी आर्थिक वर्षको बजेटमा युवालाई प्रदेशमै रोजगारी सिर्जनाका साथै आर्थिक गतिविधिमा संलग्न गराउने, तुलनात्मक लाभ बढी भएका उद्योगहरू प्रवर्द्धन गर्ने, उद्यमशीलता विकासमार्फत गरिबी न्यूनीकरण गर्ने तथा सार्वजनिक सम्पत्ति र स्रोतहरूको प्रभावकारी र परिणाममुखी उपयोगमा केन्द्रित गरिएको छ।