ट्रेन्डिङ

नारामा हेरौं मधेश सरकारको नीति तथा कार्यक्रम, के हुन् आगामी योजना ?

जनकपुरधाम। मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेको छ ।

‘आत्मनिर्भर र समृद्ध मधेश, सुखी मधेशी’ मूल सोचलाई केन्द्रमा राखेर तयार पारिएको यस कार्यक्रमले कृषि, रोजगार, शिक्षा, स्वास्थ्य, पर्यटन, र सुशासन लगायतका विभिन्न क्षेत्रमा महत्वाकांक्षी योजनाहरू अघि सारेको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।

नीति तथा कार्यक्रममा उल्लेखित नाराहरू :

कृषि सम्बन्धी :

मधेशले देशलाई खुवाउने अभियान
उत्पादन मधेशमा, विस्तार देशमा
मधेशको शान, स्थानीय मखान
आँपको बगैंचा, मधेशको समृद्धि
खेत–खेतमा पानी, घर–घरमा खाद्यान्न सहित आम्दानी
किसानको बार, स्वयंसेवकको छहारी
मधेशमा दुई बाली धान, समृद्धिको नयाँ बिहान

रोजगार तथा स्वरोजगार सम्बन्धी : 

हर हाथ में सीप, हर घर म रोजगार, सीपयुक्त युवा, समृद्ध मधेश के आधार
श्रमिकलाई सवारी, घर घरमा रोजगारी
आयात घटाऔं, निर्यात बढाऔं
एक गाउँ एक उत्पादन

शिक्षा सम्बन्धी : 

बचाके स्कूल पठाउ, साक्षरता के दीप जलाउ
स्वस्थ समाजको लागि गुणस्तरीय शिक्षा

स्वास्थ्य सम्बन्धी :
पूर्ण सुरक्षित मातृ व प्रदेश, पूर्णखोप प्रदेश, कुपोषणमुक्त प्रदेश
मेरो स्वास्थ्य, मेरो जिम्मेवारी
स्वस्थ नागरिक समृद्ध देश

महिला सशक्तिकरण सम्बन्धी : 

उद्यमशील महिला, समृद्ध मधेश
बेटी जिन्दावाद

खेलकुद सम्बन्धी:
खेली मधेश, जीती मधेश

शहरी विकास तथा सौन्दर्यीकरण सम्बन्धी :

हमर राजधानी, हमर शान, सौन्दर्यीकरण बनाउ अभियान
हरित शहर, स्वच्छ शहर
हरित शहर, सबैको रहर

पर्यटन सम्बन्धी : 

घुमैं मधेश, बुझौं मधेश

खानेपानी तथा ऊर्जा सम्बन्धी : 

हरेक नागरिकलाई शुद्ध पिउनेपानी, उज्यालोमा हिडने बानी
नवीकरणीय ऊर्जा अपनाउ, मधेशके आत्मनिर्भर बनाउ
एक घर, एक विद्युतीय चुल्हो

वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी :
चुरे जोगाउ, मधेश बचाउ
मुख्यमन्त्री हरियाली वन अभियान
हरित, उत्थानशील तथा जलवायुमैत्री पूर्वाधार, दिगो विकासको समुन्नत आधार
विपद् व्यवस्थापनमा पूर्वतयारी, सुरक्षित भई ल्याउ खुशियाली
चुरे जोगाउ, मधेश बचाउ आफ्नो चुरे आफै बचाउ

वन, मधेशको धन

सुशासन तथा सामाजिक न्याय सम्बन्धी :

गुनासो, सुझाव तथा समस्या समाधानका लागि ‘हेलो मुख्यमन्त्री’
पारदर्शिताको मुख्य आधार, सुरक्षा, सुशासन र संचारू
समृद्ध मधेश, समृद्ध राष्ट्रको आधार
मेरो पैसा कहाँ जाँदैछ
पीडितसँग मधेश सरकार

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै