वीरगन्ज । मधेश प्रदेशको बारा जिल्लाका विभिन्न स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विशेष र समपूरक अनुदान अन्तर्गतका महत्त्वपूर्ण आयोजनाहरूको विस्तृत विवरण सार्वजनिक गरेका छन्।
यी आयोजनाहरूले भौतिक पूर्वाधार, सामाजिक विकास, कृषि प्रवर्द्धन, र शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ। बाराका १६ स्थानीय तहमध्ये सुवर्ण गाउँपालिकामा कुनै पनि योजना वितरण गरिएको छैन ।
स्थानीय तह अनुसारका मुख्य आयोजना तथा बजेट विवरण
यहाँ बारा जिल्लाका प्रत्येक स्थानीय तहले सञ्चालन गर्ने मुख्य आयोजनाहरू र तिनको अनुमानित कुल लागत तथा विनियोजित बजेटको विस्तृत जानकारी दिइएको छ :
१. निजगढ नगरपालिका
अल्पसंख्यक माझी र दलितहरूको एकीकृत बस्ती निर्माण (क्रमागत):
कुल लागत: रु. ३०० लाख
विनियोजित रकम: रु. १४० लाख
स्थानीय उत्पादनको संकलन तथा बिक्री केन्द्र स्थापना, वडा न. ५ (नयाँ):
कुल लागत: रु. १७३ लाख
विनियोजित रकम: रु. ७७ लाख
निजगढ न.पा. वडा न. १०, १२ हुँदै वडा न. १३ जोड्ने सडक कालोपत्रे (क्रमागत):
कुल लागत: रु. ४३९ लाख
विनियोजित रकम: रु. ४२ लाख
पिपलटारदेखि शिव मन्दिर जाने बाटो कालोपत्रे वडा न. १ र २ (नयाँ):
कुल लागत: रु. ४०० लाख
विनियोजित रकम: रु. ५२ लाख
महिला तथा बालबालिकालाई लक्षित (विशेष गरी विपन्न तथा दलित) आधारभूत स्वास्थ्य र पोषण स्थितिमा सुधारका लागि विशेष कार्यक्रम (नयाँ):
कुल लागत: रु. २९६ लाख
विनियोजित रकम: रु. १६२ लाख
पडरीदेखि बित्तासम्म समपूरक कालोपत्रे अस्फाल्ट कन्क्रिट वोक कोल्हवी ९ (क्रमागत):
कुल लागत: रु. ९११ लाख
विनियोजित रकम: रु. १२० लाख
अपग्रेडिङ अफ रोड बाई ब्लक टप, सहियादेखि बन्ढाकट्टी चोकसम्म (नयाँ):
कुल लागत: रु. २७६ लाख
विनियोजित रकम: रु. ११० लाख
दूधौरा खोला तटबन्धन (नयाँ):
कुल लागत: रु. ५०० लाख
विनियोजित रकम: रु. १४३ लाख
जितपुर-बकलिया-आडादार-जरुवा-फत्तेपुर-बडरवहा कालोपत्रे सडक (क्रमागत):
कुल लागत: रु. २५०० लाख
विनियोजित रकम: रु. २५० लाख
हात्तीसार-फत्तेपुर-गरिया टोल-ठूलो टरीयादेखि मठरापर्साम्म कालोपत्रे सडक (क्रमागत):
कुल लागत: रु. २५०० लाख
विनियोजित रकम: रु. २५० लाख
जरुवादेखि बसडिलवा जाने सडक कालोपत्रे (नयाँ):
कुल लागत: रु. १५०० लाख
विनियोजित रकम: रु. ११२ लाख
नागरिक आवास कार्यक्रम (नयाँ):
कुल लागत: रु. ३०० लाख
विनियोजित रकम: रु. ६९ लाख
गदरी बजारमा सडक तथा भवन निर्माण (नयाँ):
कुल लागत: रु. ३०० लाख
विनियोजित रकम: रु. १५० लाख
विपन्न समुदायका लागि एकीकृत बस्ती विकास कार्यक्रम (नयाँ):
कुल लागत: रु. ३०० लाख
विनियोजित रकम: रु. ६९ लाख
कुली सिँचाइका लागि बोरिङ जडान कार्य (नयाँ):
कुल लागत: रु. १५५ लाख
विनियोजित रकम: रु. ६९ लाख
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम (नयाँ):
कुल लागत: रु. ८० लाख
विनियोजित रकम: रु. ७२ लाख
वडा नं. १ को भल्ही टोलको मेन रोडमा नाला निर्माण कार्य र वडा नं. ७ को कन्चनपुर टोलको मेन रोडमा नाला निर्माण कार्य (नयाँ):
कुल लागत: रु. १४० लाख
विनियोजित रकम: रु. ८४ लाख
जीविकोपार्जन सुधारका लागि व्यावसायिक पशुपालन तथा गोठ सुधार कार्यक्रम (नयाँ):
कुल लागत: रु. ४८३ लाख
विनियोजित रकम: रु. २६५ लाख
चौरही खोला साइडमा बाटो निर्माण कार्य भवानीपुरदेखि बरवासम्म (नयाँ):
कुल लागत: रु. ९९० लाख
विनियोजित रकम: रु. ९९ लाख
विपन्न तथा सीमान्तकृत समुदायको लागि नमुना आवास तथा एकीकृत बस्ती विकास (नयाँ):
कुल लागत: रु. १७५ लाख
विनियोजित रकम: रु. ७८ लाख
करैया-ततरिया-सढवा-सिहोवा-मधवन सडक कालोपत्रे (क्रमागत):
कुल लागत: रु. ९९३ लाख
विनियोजित रकम: रु. २०० लाख
मधवन-करैया-लौतन-सिसवा हुँदै बाराबजारसम्म सडक कालोपत्रे (नयाँ):
कुल लागत: रु. ३९० लाख
विनियोजित रकम: रु. ८८ लाख
बारागढी गाउँपालिका अन्तर्गत सम्पूर्ण विद्यालयहरूको लागि फर्निचर (नयाँ):
कुल लागत: रु. २८४ लाख
विनियोजित रकम: रु. १५६ लाख
बारागढी गाउँपालिकाको वडा न. ४ पोखरीयामा चार कोठे विद्यालय भवन निर्माण (नयाँ):
कुल लागत: रु. १०० लाख
विनियोजित रकम: रु. ७० लाख
विद्यालयहरूको लागि फर्निचर व्यवस्थापन (नयाँ):
कुल लागत: रु. २७५ लाख
विनियोजित रकम: रु. १५१ लाख
हरनहिया चोकदेखि सजरिया बारागढीको सिमानासम्म कालोपत्रे सडक निर्माण (क्रमागत):
कुल लागत: रु. ९०० लाख
विनियोजित रकम: रु. १९२ लाख
रुपौलिया विद्यालय भवन निर्माण (नयाँ):
कुल लागत: रु. ४०० लाख
विनियोजित रकम: रु. ९१ लाख
डिप बोरिङ कार्य (नयाँ):
कुल लागत: रु. ३०० लाख
विनियोजित रकम: रु. ६९ लाख
श्री जनता मा.वि. कचोवाको भवन निर्माण (नयाँ):
कुल लागत: रु. ७०० लाख
विनियोजित रकम: रु. ८७ लाख
दलित समुदायको नमुना आवास, एकीकृत बस्ती निर्माण (नयाँ):
कुल लागत: रु. ११८ लाख
विनियोजित रकम: रु. १०० लाख
श्री न.रा.आ.वि. श्रीनगर भठीटोलमा विद्यालय भवन निर्माण (नयाँ):
कुल लागत: रु. १०५ लाख
विनियोजित रकम: रु. ५२ लाख
उत्पादन र उत्पादकत्व वृद्धिका लागि सामुदायिक कृषि तथा पशुपालन कार्यक्रम (नयाँ):
कुल लागत: रु. ३०० लाख
विनियोजित रकम: रु. १६५ लाख
पर्यटन प्रवर्द्धनका लागि श्री गढीमाईको पोखरी सौन्दर्यकरण तथा पूर्वाधार निर्माण (क्रमागत):
कुल लागत: रु. १००० लाख
विनियोजित रकम: रु. ३०० लाख
शित भण्डार गृह निर्माण (नयाँ):
कुल लागत: रु. ७०० लाख
विनियोजित रकम: रु. ८७ लाख
देवताल गा.पा. भरी शुद्ध खानेपानीका लागि चापाकल जडान कार्यक्रम (नयाँ):
कुल लागत: रु. ९० लाख
विनियोजित रकम: रु. ७६ लाख
कृषि उपजको भण्डारण गृह तथा शीतगृह निर्माण कार्य गर्हरिया टोल देवताल गा.पा. -२ (क्रमागत):
कुल लागत: रु. ९९५ लाख
विनियोजित रकम: रु. १३३ लाख
देवताल गा.पा.-२ दवापर -झिटकैयादेखि राधाकृष्ण मन्दिर पिपरपातीसम्म कालोपत्रे (नयाँ):
कुल लागत: रु. ६३६ लाख
विनियोजित रकम: रु. ९५ लाख