ट्रेन्डिङ

भूमिगत जल जोगाउनका लागि पुन : जागरणमा ध्यान दिनुपर्छ : नेता निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रकृतिलाई दोहन गर्नु दुःखद रहेको भन्दै भूमिगत जल जोगाउनका लागि योजनावद्ध रुपमा कार्य थाल्नुपर्ने बताएका छन् ।

जनकपुरधाममा शनिबार एक कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्रीसमेत रहेका नेता निधिले प्रकृतिमाथि मानवीय गतिविधिका कारण अहिले जीवजन्तुहरुको लागि खतराको सूचक रहेको बताए ।

नेपाल खानेपानी संस्थान कर्मचारी संघको केन्द्रीय कार्यसमितिको कार्यक्रममा बोल्दै नेता निधिले मानवले उपयोग गर्ने प्रकृतिक स्रोत साधनको भण्डारण रहेकाले यसको संरक्षण तथा संवद्र्धन पनि मानवकै दायित्व रहेको बताए ।

अहिले जलवायु परिवर्तनसंगै देखा परेका विभिन्न असर र यसबाट आउने दिनमा जोगिनका लागि पनि अहिले देखि नै पहलकदमी लिनुपर्ने आवश्यक रहेको भन्दै नेता निधिले समयमै सचेत नभएमा आउने दिनमा प्रकृतिलाई दोहन गर्नु दुखद भएको भन्दै यसले मानवीय समाज नै रित्याउन सक्ने औल्याए ।

उनले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारले मिलेर खानेपानीलाई प्राथमिकतामा राखेर जमिनमुनिको पानीलाई जोगाउनुपर्ने बताए । यसका लागि उच्च तहबाटै एकीकृत योजना बनाई कार्य थालनी गर्नुपर्ने आवश्यकता रहको उनको भनाइ छ ।

सो कार्यक्रममा खानेपानी संस्थानका महाप्रवन्धक अजयबाबु ढकालले पानी सबैको जिवन रक्षाका लागि चाहिने हुनाले पानी जोगाउनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

उनले प्राकृतिक रुपमै पानी रहे पनि पानीलाई ल्याउन, प्रशोधन गरी शुद्धिकरण गर्न र घरघरमा पुर्याउन खर्च लाग्ने भएकोले सशुल्क रुपमा पानी वितरण हुन सक्ने बताए ।

कार्यक्रममा ई. शिरिषराज भण्डारी, ई. राकेश गोइत र संस्थानका ईन्जिनियरिङ्ग महाशाखा प्रमुख निरण महर्जनले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै