ट्रेन्डिङ

मधेश प्रदेशमा करार सेवामा शिक्षक माग, ५३ शिक्षक पदमा आवेदन खुला

जनकपुर । मधेश प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय, जनकपुरधामले प्रदेशभरका विद्यालयमा करार सेवामा शिक्षक नियुक्तिका लागि ५३ जना शिक्षक पदमा दरखास्त आह्वान गरेको छ।

यो माग प्रदेश सरकारको वार्षिक स्वास्थ्य स्वीकृत विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत प्राथमिक विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रम सञ्चालन सहयोगका लागि गरिएको हो।

योग्यता र शर्तहरू:
• नेपाली नागरिक हुनु अनिवार्य।
• नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उर्त्तीण गरेको हुनु पर्ने।
• उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्ने।
• स्वास्थ्य शिक्षामा डिप्लोमा वा कम्तीमा १५ दिने अभिमुखीकरण तालिम लिएको प्रमाण पेश गर्नुपर्ने।
• समाजमा काम गर्ने अनुभव भएकालाई प्राथमिकता दिइनेछ ।

दरखास्त दिने तरिका

इच्छुक उम्मेदवारले आवश्यक प्रमाणपत्र, शैक्षिक योग्यता, नागरिकता, स्वास्थ्य सम्बन्धी दक्षता लगायतका कागजातसहित https://edd.madhesh.gov.np वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन्।

महत्वपूर्ण मिति
• सूचना प्रकाशित मिति: २०७८/०१/१९
• आवेदन दिने अन्तिम मिति: १५ दिनभित्र

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै