ट्रेन्डिङ

रुटिन अफ नेपाल बन्दसँग सूचना आयोगले किन माग्यो ‘लिखित जवाफ’ ?

काठमाण्डौँ । सामाजिक सञ्जाल पेज रुटिन अफ नेपाल बन्दसँग लिखित जवाफ माग गरिएको छ ।

राष्ट्रिय सूचना आयोगले रुटिन अफ नेपाल बन्दसँग लिखित जवाफ पेस गर्न आदेश गरेको हो ।

कानुनका विद्यार्थी विवके चौधरीले २०८१ फागुन १४ गते रुटिन अफ नेपाल बन्दसँग सूचना माग गरेका थिए ।

तर उक्त पेज सञ्चालकले सूचना दिएनन् । त्यसपछि चौधरीले उक्त पेजको कार्यालयका प्रमुखलाई पनि उजुरी गर्दै सूचना माग गरेका थिए । 

तथापि, सूचना उपलब्ध नगराएको भन्दै चौधरीले आयोगमा माग बमोजिम सूचना उपलब्ध नगराउने सूचना अधिकारी र कार्यालय प्रमुखलाई कारबाहीको माग गर्दै पुनरावेदन गरेका थिए ।

उक्त पुनरावेदन पत्रपछि आयोगले रूटिन अफ नेपाल बन्दलाई आयोगले लिखित जवाफ  गर्न आदेश जारी गरेको हो । 

आयोगले सूचना उपलब्ध गराउनु भन्ने आदेश दिन नपर्ने कुनै कारण भए सोको आधार र प्रमाणसहित ७ दिनभित्र आयोगसमक्ष पेस लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै