ट्रेन्डिङ

सिसाको गिलास फुट्दैमा छिमेकीसंग सम्बन्ध खराब हुँदैन, घर नजिक छ यो भइरहन्छ : प्रधानमन्त्री ओली

उपयुक्त समयमा संविधान संशोधन हुन्छ

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुइ छिमेकी मुलुकलाई लक्षित गर्दै सिसाको गिलास फुट्दैमा सम्बन्ध खराब नहुने बताएका छन् ।

मंगलबार मधेस प्रदेश सभाको चौथो अधिवेशनको २१ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनका अनुसार दुइवटै छिमेकीसंग आफ्‌नो मुलुकको सम्बनध सुमधुर रहेको छ । तर यहाँ सम्बन्धबारे अनेक प्रकारको हल्ला फिजाइएको उनी बताउँछन् ।

‘संगै सुतेको मान्छे खुट्टा बगाउँछ, अर्के खाटमा सुतेकोले त खुट्टा बगाउँदैन नि,’ उनी भन्छन् । उनकाअनुसार कुनै ठाउँमा बस्दा छिमेकीसंग कहिलेकाही नराम्रो हुन्छ, एउटा छिमेकीको बच्चाहरु गएर अर्को छिमेकीको गिलास फटाइदिएको हुन्छ ।

उदाहरण दिँदै प्रधानमन्त्री ओली भन्छन्, ‘जसको घर नजिक छ, त्यहाँ एउटाको बच्चाले गएर, अर्कोको गिलास फिटाइदिन्छ । उसको बच्चा आएर अर्कोको प्लेट फटाइदिन्छ । अनि के बच्चालाई गाली गर्ने त ? छिमेकमा भएपछि यस्ता सानातिना घटनाहरु भइरहन्छन् । तर आपसी सम्झदारी भने हामीले राख्नुपर्छ, मित्रता कायम राख्नुपर्छ ।’

झगडा नगरी आफ्‌नो मित्रता कायम राख्नपर्नु प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘उपयुक्त समयमा संविधान संशोधन हुन्छ’

प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपयुक्त समयमा संविधान संशोधन हुने बताएका छन् । त्यसका लागि आन्तरिक गृहकार्य भइरहेकोले बताउँदै प्रधानमन्त्री ओलीले उपयुक्त समयमा संविधान संशोधनका लागि एउटा समिति बनाएर अगाडि बढिने औल्याएका छन् ।

उनका अनुसार मुलुकमा दुइपटक संविधान संशोधन भइसकेको छ ।‘त्यसकारण अब संविधान संशोधनको आवश्यकता छ, बेलाबखतमा संविधान संशोधन भइरहने कुरा पनि हो । त्यसैले व्यवस्थालाई व्यवस्थित गर्नका लागि संविधान संशोधनको गर्नुपर्ने देखिएको हो,उनले भने, ‘हामीले संविधानलाई बलियो बनाउन, अहिलेको व्यवस्थालाई मजबुत बनाउन संशोधन गर्न लागेका हौं ।’

तर सर्वपक्षीय सहमतिको माध्यमबाट यो काम हुने प्रधानमन्त्री ओली बताउँछन् ।

एक घण्टा बढी लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले अहिलेको सरकार यही व्यवस्थालाई मजबुत बनाउनका लागि सहकार्य गरेको हुनाले ०८४ को चुनावसम्म समीकरण रहिरने ठोकुवा गरे । देशको समस्या समाधान गर्नका लागि दुइ ठूला पार्टीले सरकार बनाएको हुनाले यो सरकार हल्लिदा पनि नहल्लिने उनी बताउँछन् ।

सम्बोधनकै क्रममा पूर्वराजालाइ लक्षित गर्दै प्रधानमन्त्री ओलीले अब मुलुकमा राजतन्त्रको कल्पना नगर्न सुझाव दिए । उनका अनुसार गणतन्त्र यो देशको वर्तमान र भविष्य दुइटै हो । ‘त्यसकारण २/४ हजार मान्छे ल्यार वितण्डा मच्चाएर राजतन्त्रको कल्पना नगरे हुन्छ,’ उनले भने ।

मधेस प्रदेशले ल्याएको ‘फिड द नेशन’ को अवधारणा राम्रो रहेको हुनाले यस्ता योजनासहित जनताको विकास हुने हरेक योजनमा संघ सरकार मधेस प्रदेशलाई सहयोग गर्न तयार रहेको प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए ।

उनले भने, ‘मधेस प्रदेश उर्वर भूमि हो, त्यसकारण यहाँ उत्पादनतर्फ तपाईंहरु बढी ध्यान दिनुस । त्यस्ता गुरुयोजनामा केन्द्र सरकारले पनि पूरा सहयोग गर्छ । तर तपाईंहरु एउटा गुरुयोजना बनाएर हिड्नुस । हामी सहयोग गर्न तयार छौं ।’

मधेसलाई हरेक काममा नमुना प्रदेश बनाउन प्रधानमन्त्री ओलीले मधेससभामार्फत आग्रह गरेका छन् ।

मधेस भगवान राम र लक्ष्मण ज्ञान आर्जन गर्ने ठाउँ भएको उनको भनाइ छ । मधेस पुण्य, ध्यान, देवभूमि भएको चर्चा गर्दै उनले यस्तो भूमिबाट हामीले अहिलेसम्म के उपलब्धी हासिल गर्‍यो, त्यसबारे गहन चर्चा गर्नुपर्ने जरुरी रहेको औल्याए ।
उनका अनुसार मधेसबाट अनेक देउता, भगवान रामसहितकाले ज्ञान आर्जन गरेको पवित्र ठाउँ हो । यो ठाउँमा अनेक विद्धान, साहित्यकार, कवि तथा विद्धान उत्पादन गर्ने ठाउँ रहेको भनदै उनले भने यो ठाउँ अन्तर्राष्टियस्तरमा समेत परिचित छ । मधेस सत्युगदेखि इतिहास बोकेको ठाउँ रहेको उनको भनाइ छ ।

‘त्यसकारण अब हामी सबैले मिलेर जनताको जीवनस्तरमा सुधार ल्याउनु पर्छ,’ उनले भने । उनका अनुसार पहिलो गरिबी निवारण गर्न सक्नु पर्छ, अनि मात्र जनतालाई राहत हुन्छ ।

मधेसमा अझ बोक्सी प्रथा कायम छ

मधेस प्रदेशमा अहिले पनि बोक्सीसहित विभिन्न कुप्रथाले जडा गाडेको प्रधानमन्त्री ओलीको जिकीर छ ।

उनका अनुुसार यो प्रदेशमा अझ पनि बोक्सीको समस्या धेरै छ । उनले भने, ‘यो एकदम नहुने, नचाहिने कुरा हो । यदि कोही बोक्सी छ भने म च्यालेन्ज गर्न चाहन्छु । मलाइ गाली गर्नुको साटो बोक्सी लगाए हुन्छ ।’

प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बोक्सीको कुरा हावादारी भएको सुनाएका छन् । त्यसकारण यो सबको पछाडि नलाग्न उनको आग्रह छ ।

प्रदेश सभाबाट प्रधानमन्त्री ओलीले मधेसमा बाल विवाह, दाइजो प्रथा जस्ता गलत प्रथा रहेकोले यो सबलाई हटाउन जरुरी रहेको उनको भनाइ छ । अब यसलाई रोक्न र निराकरण गर्नका लागि जनप्रतिनिधिहरुले नै जनस्तरमा जनचेतना जगाउन जरुरी रहेको उनको सुझाव छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै