जनकपुर । मधेस प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार (भोली) सम्बोधन गर्ने भएका छन् ।
सबै प्रदेशमा प्रधानमन्त्री ओलीले गरिरहेका सम्बोधनका क्रममा भोली (मंगलबार) मधेस सभाबाट उनको सम्बोधनको तालिका छ ।
प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि प्रदेश सभाले भब्यरुपमा तयारी गरेको छ ।
सबै तयारी सुरु अन्तिम चरणमा रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक सभाहलमा कुर्सी मिलाउनेदेखी अहिले कार्पेट लगाउने काम भइरहेको छ ।
मंगलबार मधेस प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने कार्यसूची छ । त्यसकारण अहिले सबै तयारी पूरा गरिएको सभामुख रामचन्द्र मण्डलले बताए ।
उनका अनुसार प्रदेश सभाको बैठक विहान १० बजेका लागि राखिएको भएतापनि प्रधानमन्त्री ओलीले भने साढे ११ बजेदेखि सम्बोधन गर्ने कार्यतालिका छ ।
प्रधानमन्त्री ओली जनकपुर विमानस्थलबाट प्रदेशसभामा पुग्ने र सम्बोधनपछि सिरहामा हुने आमसभामा जाने तालिका रहेको बताइन्छ ।