ट्रेन्डिङ

यौन सम्बन्धको लागि लागुऔषध प्रयोग बारे पहिलो अध्ययन

काठमाडौँ ।  लागुऔषध प्रयोगकर्ता र तेस्रो लिङ्गीमा यौन सम्बन्धको लागि लागु औषध प्रयोग “सेक्सुअलाइज्ड ड्रग युज” बारे पहिलो पटक अध्ययन भएको छ ।

ब्लु डाइमन सोसाइटी र रिकभरीङ्ग नेपालले २०२४ जुलाई देखि डिसेम्बर सम्म १४ जिल्लाका ४०२ जनामा लागूऔषध प्रयोगकर्ता र तेस्रो लिङ्गी माझ यौन सम्बन्धको लागि लागु औषध प्रयोग बारे अध्ययन गरेको थियो ।

अध्ययनमा कोशी प्रदेशबाट मोरङ, सुनसरी र झापा, मधेश प्रदेशबाट पर्सा र धनुषा, बागमती प्रदेशबाट काठमाडौं, ललितपुर र भक्तपुर, गण्डकी प्रदेशबाट कास्की, लुम्बिनी प्रदेशबाट बाँके र रूपन्देही, कर्णाली प्रदेशबाट सुर्खेत र सुदूरपश्चिम प्रदेशबाट कैलाली समावेश गरिएको थियो ।

अध्ययनकर्ता प्रभुराज पौडेलले एचआइभीसँग सम्बन्धित व्यक्तिहरूमा यौनिक रुपमा प्रयोग गरिने ड्रगहरुको बारेमा जानकारी लिने उद्देश्यले अध्ययन गरिएको बताए ।

बढी जोखिम क्षेत्रको पहिचान गरेर त्यहाँका ४०२ जनालाई प्रतिनिधिका रुपमा सहभागी गराइएको थियो ।

सहभागी जोखिम व्यक्तिहरू मध्ये ९ दशमलब २० प्रतिशतले यौनजन्य लागूपदार्थ प्रयोगमा संलग्न भएको बताएका थिए । जस मध्ये अधिकांश १८ देखि २९ वर्ष उमेर समूहका युवाहरू थिए ।

यौनजन्य लागूऔषध प्रयोगमा संलग्न ८३ प्रतिशतले कन्डम प्रयोग गरेको बताएका थिए । तर, १६ प्रतिशतले भने कहिल्यै कन्डम प्रयोग नगरेको बताए ।

यसले गर्दा यौनजन्य रोग र अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याले जोखिम बढाएको अधिकारीहरू बताउँछन् ।

गृह मन्त्रालयद्वारा गरिएको नेपाल लागूपदार्थ प्रयोगकर्ता सर्वेक्षण (२०१९) ले १२१,६९२ पुरुष र ८,७३२ महिलाहरू सहित कुल १३०,४२४ लागूपदार्थ प्रयोगकर्ताहरू भएको रिपोर्ट गरेको छ ।

एक कार्यक्रमका बीच प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवालाहरूले नेपालमा “सेक्सुअलाइज्ड ड्रग युज” बारे पहिलो अध्ययन भएको र यसले नीति निमार्णकै क्षेत्रमा ठुलो प्रभाव पार्ने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सर्वेश शर्माले लागूऔषध प्रयोग कर्ता र तेस्रो लिङ्गी युवामा सेक्सुअलाइज्ड ड्रग प्रयोग हुनु चुनौतीको विषय भएको बताए ।

उनले सेक्सुअलाइज्ड ड्रग प्रयोगकर्तालाई भावी दिनमा कसरी कम गर्ने भन्ने मुख्य समस्या भएको स्पष्ट पारे ।

“सेक्सुअलाइज्ड ड्रग युज” बारे नेपालमा पहिलो पटक अध्ययन भएको भन्दै यसलाई थप प्रभावकारी रुपमा अगाडि लैजान आवश्यक भएको निर्देशक शर्माले बताए ।

उनले अन्तराष्ट्रिय समुदायमा समेत नेपालमा भएको अध्ययन र यसको नतिजाबारे जानकारी हुन आवश्यक रहेको ओल्याए ।

विश्व सामु सेक्सुअलाइज्ड ड्रग प्रयोगकर्तामा गरिएको अध्ययनले नेपाल पनि पछाडि छैन, विकसीत देशसँगसँगै अगाडी बडिरहेको देखाउँछ शर्माले भने ।

अधिकारीहरुले बताए अनुसार यो अध्ययन अरु जस्तो सहज थिएन । कसले र किन अध्ययन गरियो भन्दा पनि सेक्सुअलाइज्ड ड्रग प्रयोगकर्ताको तथ्यांक बाहिर आउँनु ठुलो विषय थियो निर्देशक डा शर्मा भन्छन् ।

एचआएभी र लागूऔषधका क्षेत्रमा मानसिक स्वास्थ्यको समस्या पनि बिकराल छ ।

औषधिले काम गर्न छाडेर मानिसको निधन भएको होकी भन्ने पनि कुराहरु आएका छन् ।

नसर्ने रोग र ड्रग रेसिस्टेन्सका बारेमा हेर्न सकेको अवस्था छैन, जुन मृत्युको कारण बनेको हुन सक्छ ।

 

सुधार गृहमा बसेर उपचार गराउँदा छुट्टै रुमको व्यवस्था

 

यता गृह मन्त्रालय लागूऔषध नियन्त्रण शाखाका शाखा अधिकृत नवीन लामिछाने सेक्सुअलाइज्ड ड्रग प्रयोगमा गरिएको अनुसन्धान र त्यसबाट आएको नतिजालाई लिएर आगामी दिनमा नयाँ योजनाहरु अगाडी सार्न सहज हुने बताए ।

मन्त्रालयले चाडै उक्त प्रतिवेदन अध्ययन गरेर आवश्यकता अनुसार अगाडी बढाउने लामिछानेले बताए ।

लामिछानेले सुधार केन्द्रहरुमा पुरुष वा महिला भन्दा कसैले फरक रुपमा प्रस्तुत गरेको खण्डमा उनिहरुका लागि छुट्टै सुधार रुमको व्यवस्था गर्न लागेको बताए ।

एउटै स्थानमा राख्दा खुल्न र सेवा सुविधामा बाधा परेको थियो । अब महिला र पुरुष भन्दा फरक रुपमा प्रस्तुत हुने जो कसैलाई सुधार गृहमा बसेर उपचार गराउँदा छुट्टै रुमको व्यवस्था गरिने छ, उनले भने ।

गृह मन्त्रालयले हाल भएको मौजुदा ऐनलाई समय सापेक्ष परिमार्जन गरेर उनिहरुको अधिकारलाई स्थापीत गर्नेगरी अगाडी बढेको जानकारी दिए ।

उनले भने, तेस्रो लिङ्गी वा आफुलाई फरक क्षमताको प्रस्तुत गर्नुहुन्छ भने, पुरुषसँग लगेर राख्ने वा महिलासँग लगेर राख्दा खुल्न समस्या हुने र त्यस्ता व्यक्तिको अधिकार सुनिश्चितताका लागि छुट्टै रुम बनाउँन लागिएको हो ।”

रिकभरिङ्ग नेपालका पुर्व कार्यकारी निर्देशक बिष्णु शर्माले लागूऔषध र यस सँग जोडिएको पहिलो अध्ययन भएको बताए ।

उनका अनुसार नेपालका लागि एक नौलो अध्ययन हो ।

ब्लु डाइमन सोसाइटीकी निर्देक मनिसा ढकालले यौन सम्पर्कको दौरानमा समलिङ्गी पुरुषहरुले मात्र बढी प्रयोग गर्छन भनेर हेर्न नहुने बताइन् ।

यौन सम्पर्कलाई लामो समय सम्म टिकाइराख्ने हेतुले हरेक व्यक्तिहरुले यस्ता ड्रग प्रयोगमा ल्याउने गरेको ढकालले बताइन् । यसलाई लान्छाना र भेदभावपूर्ण रुपमा भन्दा पनि केयरको रुपमा हेरिनुपर्ने ढकालको बुझाइ छ ।

कतिपय ड्रग्स प्रयोग नगरी सेक्स गर्नैै नसक्ने अवस्थामा पनि देखिएका छन् ।

अध्ययनको तीन महिना अगाडी ६८ प्रतिशतले १ देखि पाच पटक सेक्स युजल ड्रग्स प्रयोग गरेको देखिएको छ ।

त्यस्तै १६ प्रतिशतले ६ देखि १० पटक सेक्स युजल ड्रग्स प्रयोग गरेको देखिएको भने १६ प्रतिशले १० भन्दा बढी पटक सेक्स युजल ड्रग्स प्रयोग गरेको देखिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै