ट्रेन्डिङ

भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष अहम्मदले भने– जनतालाई आश्वासन मात्र होइन, नतिजा आउने गरी काम अघि बढेको छ

वीरगन्ज । वीरगन्जमा भूमि समस्या समाधान आयोग पर्साले जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

आयोग पर्साको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै पर्सा अध्यक्ष तबरेज अहम्मदले यो पटक जनतालाई आश्वासन दिने काम मात्र नहुने बताएका छन ।

जिल्लामा देखिएको भूमि सम्बन्धी समस्या समाधानका लागि गहन छलफल चलिरहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘जति समस्या भएपनि योपटक जनतालाई आश्वासन मात्रै दिँदैनौं, जनताको हातमा जग्गाधनी पूर्जा नै उपलब्ध गराउने गरी काम अघि सारिएको छ । त्यसैले धेरै तपाईंहरु चिन्ता नलिनुहोला । म छु, ढुक्क हुनुहोला । काम हुन्छ ।’

हामी जनतालाई सहयोग गर्न सबै अवरोध झेल्न तयार रहेको जनाउँदै उनले भने,‘ गाउँपालिका र सम्पूर्ण वडाहरूले पनि आयोगलाई सहयोग गर्न जरुरी रहेको छ, पालिकाहरुमा तयार रहेका फाइलहरु खाली समयमा पठाइदियो भने हामी जनताको एक मिनेट रोक्दैनौं ।’

अन्य पालिकाहरु समिति बनाएर भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको पहिचान गरेर समस्या समाधान गर्ने काम भइरहेको अध्यक्ष अहम्मदको प्रष्टोक्ति छ । अभियानलाई तिव्र बनाउनका लागिका लागि यो अभिमुखीकरण राखिएको आयोग पर्साले जनाएको छ ।

भूमि समस्या समाधान आयोग पर्साका सदस्य सचिव राकेश कुमार झाले जिल्लामा रहेको भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्या र समाधानको लागी नीति नियम र कानुनमा उल्लेखित गरिएको विधि विधानको वारेमा जानकारी गराएका थिए ।

सुकुम्बासी समस्या समाधान आयोग पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै