ट्रेन्डिङ

वीरगन्जबाट राप्रपा अध्यक्ष लिङ्देनको हुँकार, भने –चुनाव लड्न राजालाई ललकार्नु पर्दैन, तपाइहरुसंग लड्न हामी नै काफी छौं

वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजा भोटको राजनीति भन्दा माथि रहने संस्था भएको बताएका छन् ।

राष्ट्रिय नागरिक संघर्ष समिति पर्सा र राप्रपा पर्साले वीरगन्जको रातो बंगलामा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

यही फाागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको भिडिओ सन्देश दिएका थिए ।

यही भिडिओ सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौती दिँदै आएका छन् ।

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले राजा भोटको राजनीति भन्दा धेरै माथिको संस्था भएको बताए । अहिलेका नेताहरूसँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको उनको भनाई थियो ।

समारोहलाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘राजाले पहाडमा नभएर मधेसको जनताले रोजगारी पाओस् । मधेसको जनताले गरिखाने वातावरण निर्माण होस् भनेर खोलेको उद्योगधन्दाहरू बेचेर खाए ।
कृषि औजार कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज दर्जनौँ भ्रष्टाचार काण्डहरूमा उनीहरूको नाम मुछिएको छ । त्यस्ता नेताहरू अहिले राजालाई ललकार्दै छन् । राजा चुनाव लड्न आऊ भनेर । म भन्छु, तपाईंहरुसँग चुनाव हामी लड्छौँ । राजाले चुनाव लड्ने होइन । चुनाव लड्नको लागि हामी जस्ता मानिसहरू छौँ । हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईंहरुसँग चुनाव लड्ने होइन । राजनैतिक दलको राजा होइन, देशको राजा खोजेको हो । राजा राजनीतिक दल भन्दा र भोटको राजनीति भन्दा माथि रहने संस्था हो ।’

अध्यक्ष लिङ्देनले अहिलेका राजनीतिक दलहरू देशभित्रै युवाहरूले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको बताए ।

राष्ट्रिय नागरिक संघर्ष समितिका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै