ट्रेन्डिङ

सर्लाहीका पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश

सर्लाही । पूर्वसांसद प्रमोद साह आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) नेता साह आज विधिवतरुपमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत जसपा नेपाल परित्या गरी पूर्वसांसद साह माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

पूर्वसांसद साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर– १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । भने २०७८ देखि प्रमुख सचेतको भूमिका निर्वाह गरेका थिए ।

पार्टी प्रवेशपछि नेता साहले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी केन्द्र मात्रै भएकाले यही पार्टीमा प्रवेश गरेको बताएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै