ट्रेन्डिङ

बालुवाटारबाट उपेन्द्र यादवलाई फोन, गृहमन्त्री भन्छन्– अब अध्यादेश अघि बढ्छ

काठमाडौं । सरकारले जारी गरेको अध्यादेशलाई संसद्मा अघि बढाउने सत्तारुढ दलहरुको बैठकले निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले सबै दलहरूसँग छलफल गरेर अध्यादेशलाई अघि बढाउने निर्णय गरेको हो ।

यही ६ फागुनमा बस्ने राष्ट्रिय सभाको बैठकमास ंघीय संसद्मा रहेका सबै दलहरूसँग छलफल गरेर अध्यादेश निर्णयार्थ प्रस्तुत हुने गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

अध्यादेशलाई पारित गर्नका लागि बहुमत पनि पुग्ने उनको दाबी छ । उनका अनुसार जसपा नेपालले पनि अध्यादेशमा समर्थन गर्ने आवश्वासन दिएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवसँग फोनमा कुराकानी भएको र अध्यादेशमा समर्थन गर्ने आश्वासनप्राप्त भएको लेखकले बताए ।

भूमिसम्बन्धी अध्यादेश लगायत अन्य अध्यादेशमा देखिएका असन्तुष्टिलाई प्रतिस्थापन विधेयकमार्फत समाधान गरिने तयारी रहेको उनी बताउँछन् ।
संविधान संशोधनका लागि कांग्रेस–एमालेले कार्यदल बनाएर चरणबद्ध रूपमा काम गर्ने गृहमन्त्री लेखकले उल्लेख गरे ।

बैठकमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले–कांग्रेसका अन्य नेता, समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै