छठका एक सय जना व्रतालु महिलाहरुलाई मुख्यमन्त्री सिंहले गरे पूजन सामग्री वितरण

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले जनकपुरका छठ व्रतालु महिलाहरुलाइ पूजा सामग्री वितरण गरेका छन् ।

धनुषा चेम्बर अफ कमर्सले सोमबार जनकपुरधाममा आयोजना गरेको छठका विपन्न व्रतालुहरूलाई पूजा सामग्री वितरण कार्यक्रममार्फत उनले पूजा सामग्री वितरण गरेका हुन् ।

मुख्यमन्त्री सिंहले व्रत गर्ने एक सय जना महिलालाई नयाँ पहिरन र अन्य पूजन सामग्री वितरण गरेका उनको सचिवालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले छठ पर्व साँस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भएको बताए ।

उनी भन्छन्,’जीवनलाई आधार दिने विशाल, उर्वर, समथर र सिँचित भूभाग तथा सूर्य किरणबाट सिर्जित कृषि प्रणाली, शुद्धता र पवित्रतायुक्त लोकव्यवहारसहित सबै खाले भेदभावविरुद्ध समभाव र प्रकृतिका विभिन्न जीवनदायिनी तत्वप्रति आस्थाको अभिव्यक्ति छठ पर्व हो ।’

उनले एकता, सद्भाव र सहिष्णुताबाट छठ पर्वमा विपन्न व्रतालुहरूलाई नयाँ पहिरन तथा पूजा सामग्री वितरण गर्ने परम्परालाई निरन्तरता दिएकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त  गरे ।

जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले जनकपुरधामको छठ पर्वको मौलिक र विशिष्ठ रहेको भन्दै यसलाई थप आकर्षक बनाउन विभिन्न पर्वतिहारलाई थप आकर्षक बनाउन जनकपुरधामको सरसफाइप्रति सचेतना आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै