ट्रेन्डिङ

रौतहट प्रहरीद्वारा १७ जना फरार प्रतिवादि पक्राउ

वीरञ्गज । रौतहट प्रहरीले १७ जना फरार प्रतिवादिलाई पक्राउ गरेको छ । रौतहट जिल्ला अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय सहितको निकायबाट दण्ड जरिबाना रोकिएर फरार रहेका १७ जना प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अनुचित लेनदेन मुद्दाका भागराथ साह कुटपिट मुद्दामा संलग्न गरुडा नगरपालिका ७ का रामदेव यादवसहित १३ जना, वडा ५ का अभद्र व्यवहार मुद्दाका कारण यादव, वडा १ का सवारी अङ्गभङ्ग मुद्दाका हरिशचन्द्र यादव र गौर ३ का रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

उनीहरूबाट कैदसंगै १ लाख ८० हजार जरिवाना असुल तथा कारबाहीको लागि जिल्ला अदालत गौर र जिल्ला प्रशासन कार्यालय गौरमा बिहीबार उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै