वीरगन्ज । पर्सा प्रहरीले भारतबाट ल्याउँदै गरिएका चाँदीका सामानसहित दुइ जनालाइ पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले गरेको जाँचबाट चाँदीको गरगहनासहित दुइ जनालाइ नियन्त्रणमा लिएको हो ।
वीरगन्जको छपकैयाबाट दुइ जनालाइ नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले बताए ।
महानगरको छपकैयाबाट प्रहरीले बारा करैयामाई गाउँपालिका घर भइ हाल वीरगन्ज महानगरपालिका –१६ नगवा बस्ने अन्दाजी ३६ वर्षीय रामप्रकाश सर्राफ र बारा गढीमाई गाउँपालिका घर भइ हाँल वीरगन्ज महानगरपालिका–१६ बस्ने ३९ वर्षीय कृष्ण सहनीलाइ नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट ३२३ ग्राम चाँदीका सामान बरामद गरेको जानकारी दिएको छ ।
साथै उनीहरुको साथबाट प्रहरीले भारतीय बीआर 0५ बीके ४४४७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
चाँदीका सामानसहित पक्राउ परेका दुबै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।