ट्रेन्डिङ

एमाले केन्द्रीय सदस्य विजय सरवागीको राजनीतिक ‘ट्रान्जिट’ फेरियो : एमाले छाडे, रास्वपा रोजे

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजय कुमार सरावगीले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

बिहीबार अबेर राति सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सरावगीले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेका हुन् ।

‘आजको मितिदेखि म नेकपा एमालेको साधारण सदस्य नरहने गरी सम्पूर्ण जिम्मेवारी परित्याग गरेको छु,’ उनले फेसबुकमा लेखेका छन् ।

यसैबीच एमाले परित्याग गरेको घोषणा गरेकै दिन सरावगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको तथ्यसमेत बाहिरिएको छ ।

रास्वपामा उनको नाममा पार्टी सदस्यता आईडीसमेत कायम रहेको पाइएको छ ।

रास्वपामा सरावगीको नाममा ‘पीआरएस १ ख ०००४३५७७६’ सदस्यता आईडी रहेको विवरण सार्वजनिक भएको हो ।

सरावगी यसअघि २०७८ सालमा जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

एमालेबाट २०७९ को स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका उनी राजेशमान सिंहसँग पराजित भएका थिए ।

Screenshot

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै