ट्रेन्डिङ

११ महिनादेखि सम्पर्कविहीन नेपाली युवतीको भारतबाट पर्सा प्रहरीले गर्‍यो उद्धार

वीरगन्ज । एघार महिनादेखि परिवारको सम्पर्कमा नरहेकी एक नेपाली युवतीको भारतको बिहारस्थित मुजफ्फरपुरबाट उद्धार गरिएको छ ।

धादिङको थानबेसी गाउँपालिकाकी ३६ वर्षीया सानुमाया तामाङलाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा मानवसेवा आश्रम वीरगन्जको टोलीले उद्धार गरेको हो ।

भारतको मुजफ्फरपुरमा अलपत्र अवस्थामा फेला परेकी तामाङलाई भारतीय प्रहरीले मुजफ्फरपुरस्थित शान्ति कुटीर आश्रममा पुर्‍याएको थियो ।

त्यसपछि उनको अवस्थाबारे जानकारी पाएर पर्सा प्रहरी र मानवसेवा आश्रमको टोलीले उद्धारको पहल गरेको थियो ।

गत शनिबार सकुशल उद्धार गरी वीरगन्ज ल्याइएकी तामाङलाई परिवारसँग सम्पर्क गराई उनका बुवा गुणासिंह तामाङको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले ११ महिनादेखि सम्पर्कविहीन रहेकी तामाङलाई भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै