रौतहट । नेकपा एमालेबाट मधेस प्रदेशसभामा समानुपातिक सांसद रहेकी जैनब खातुनको निधन भएको छ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगन्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
परिवारका अनुसार बुधबार अचानक चिनीको मात्रा बढेपछि उनलाई उपचारका लागि वीरगन्ज ल्याइएको थियो।
नेशनल मेडिकल अस्पतालमा उपचार भइरहेको अवस्थामा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिए।
खातुन रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिकतर्फ मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएकी थिइन्।
उनको निधनपछि एमाले तथा स्थानीय राजनीतिक वृत्तमा शोक व्यक्त गरिएको छ।