ट्रेन्डिङ

पीडितको घरदैलोमा राहत पुर्‍याउन १५ लाखको सामग्री बोकेर रसुवा हिँडे पर्साका रास्वपा नेता पटेल

वीरगन्ज । बाढीपीडितलाई राहत पुर्‍याउन वीरगन्जबाट करिब १५ लाख रुपैयाँ मूल्य बराबरको राहत सामग्री बोकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महाधिवेशन प्रतिनिधि तथा युवा नेता सुधिर पटेल आज रसुवातर्फ प्रस्थान गरेका छन् ।

‘वीरगन्ज सहयोगी हात’को समन्वयमा रकम तथा खाद्यान्न संकलन गरी राहत सामग्री जुटाइएको हो ।

संकलन गरिएको खाद्यान्नसहित अन्य आवश्यक सामग्री एक पिकअपमा राखेर पटेलको नेतृत्वमा टोली शनिबार वीरगन्जबाट रसुवातर्फ प्रस्थान गरेको हो ।

बाढीबाट प्रभावित नागरिकलाई राहत सामग्री प्रत्यक्ष रूपमा पुर्‍याउने उद्देश्यले आफू स्वयं सामग्री लिएर रसुवा जान लागेको पटेलले बताए ।

संकलित राहत वास्तविक पीडितसम्म पुर्‍याउने उद्देश्यले टोली परिचालन गरिएको उनको भनाइ छ ।

पटेलका अनुसार रसुवा पुगेपछि होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई राहत सामग्री वितरण गरिनेछ ।

सम्भव भएसम्म प्रभावित स्थानीयको घरघरमै पुगेर समेत सहयोग सामग्री उपलब्ध गराउने योजना रहेको उनले बताए ।

‘राहत सामग्री संकलन गरेर मात्रै हुँदैन, त्यो वास्तविक पीडितसम्म पुग्नुपर्छ,’ पटेलले भने, ‘त्यसैले हामी आफैँ राहत सामग्री लिएर रसुवा जाँदैछौँ । जहाँ बढी आवश्यकता छ, त्यहीँ प्राथमिकताका आधारमा सामग्री वितरण गर्ने हाम्रो योजना छ ।’

बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको पटेलले बताए ।

वीरगन्जबाट सुरु भएको सहयोग अभियानलाई रसुवाका प्रभावित नागरिकसम्म पुर्‍याउने उनको भनाइ छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै