ट्रेन्डिङ

जन जागरण युवा क्लबको २८औँ वार्षिक साधारण सभा सम्पन्न

बारा । जन जागरण युवा क्लब बाराले आफ्नो २८औँ वार्षिक साधारण सभा कलैयामा सम्पन्न गरेको छ ।

संस्थाका कार्यवाहक अध्यक्ष राजदेव साहको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका संरक्षक भैयाराम यादवले समाजमा केही गरौँ भन्ने हुटहुटीका साथ स्थापना भएको संस्था विभिन्न आरोह–अवरोह पार गर्दै २८औँ वर्षमा प्रवेश गरेको बताए ।

उनले २८ वर्षअघि संस्थाको स्थापना र विकासका लागि गरिएको मेहनतले अहिले सार्थकता पाएकोमा खुसी व्यक्त गरे ।

संस्थाका लागि आफूहरूले जीवनको अमूल्य समय दिएको स्मरण गर्दै उनले संस्थाले रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, महिला उद्यमशीलता तथा गरिबी निवारणका क्षेत्रमा काम गरिरहेको देख्दा सन्तुष्टि मिलेको बताए ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष सियाराम यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्दै आएकाले आजको अवस्थामा आइपुग्न सफल भएको बताए ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डा. श्रीनिवास बैठाले संस्थाले पहिलो आर्थिक वर्षमा गरेका विभिन्न गतिविधिको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन लक्ष्मी खरेलले गरेकी थिइन् ।

साधारण सभामा संस्थाका पदाधिकारी, सदस्य, कर्मचारी, दातृ निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै