वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
बाढीमा परी ज्यान गुमाएकाहरूको तेह्रौँ दिनको पुण्यतिथिको अवसर पारेर रास्वपा पर्साले सोमबार वीरगन्जस्थित माइस्थान मन्दिर परिसरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति हरि पन्तले भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे ।
उनले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धारमा सरकारले कुनै कसर बाँकी राख्न नहुने बताए ।
कार्यक्रममा कार्यवाहक सभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापतिहरू जितेन्द्र मिश्र र फैयाज मियाँ तथा पालिका सभापतिहरू रमाकान्त चौधरी, चन्दन यादव र माधव बस्नेतलगायतको उपस्थिति थियो ।
त्यस्तै महमुद्दिन आलम, अक्षय द्विवेदी, गौतम श्रेष्ठ, सुमित चौरसिया, सम्साद अन्सारी, दीपेन्द्र मण्डललगायत रास्वपाका नेता तथा कार्यकर्ताहरूको पनि सहभागिता थियो ।
कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए ।