ट्रेन्डिङ

वीरगन्जको एक क्यासिनोमा छापा, ८ जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोबाट ८ जनालाइ पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा गरिएको छापामारीबाट प्रहरीले ८ जनालाइ पक्राउ गरेको हो ।

शनिबार राति विशेष सूचनाका आधारमा प्रहरीले क्यासिनोमा छापा मार्दा नेपाली नागरिकहरू जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले जानकारी दिए ।

एसपी भट्टराईका अनुसार क्यासिनोभित्र केही नेपाली प्रवेश गरेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरी छापा मारिएको थियो ।
त्यस क्रममा उनीहरू क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा यसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक पौडेलसहित चन्दन सहनी र प्रकाश बैठा रहेका छन् ।

त्यस्तै, प्रहरीले क्यासिनोका कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र प्रदेशी साहलाई पनि पक्राउ गरेको जनाएको छ ।

प्रहरीले ना.१ झ १६८७ नम्बरको सरकारी स्कोर्पियो गाडीसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै