जनकपुर । गृह मन्त्रालयले बारा र रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ।
शुक्रबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार बारा र रौतहटमा नयाँ सीडीओ पठाइएको हो।
मन्त्रालयका अनुसार सहसचिव खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
यसअघि बाराको सीडीओ रहेका अधिकारीलाई जिम्मेवारीबाट हटाएर नयाँ सीडीओ पठाइएको हो।
त्यस्तै, लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।
रौतहटका यसअघिका सीडीओ दिनेश सागर भुसाललाई गृह मन्त्रालय वा अन्तर्गत तानिएको छ।
गृह मन्त्रालयले एकैपटक सहसचिव र उपसचिव गरी २३ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो।
प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ।