ट्रेन्डिङ

रसुवाको भोटेकोसीको बाढी त्रिशूली हुँदै मुग्लिनतर्फ, नदी किनारका बस्ती खाली गर्न आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहानसम्म बाढी धादिङको गल्छी आसपास पुगेको छ।

महाशाखाले बिहान १०ः५१ बजे जारी गरेको पछिल्लो सूचनाअनुसार बाढी अबको केही घण्टामा मुग्लिन क्षेत्र पार गर्ने क्रममा रहेको छ।

बाढीको सतह निरन्तर बढिरहेकाले त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढेको महाशाखाले जनाएको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड तथा त्रिशूली नदी किनारका बस्ती र बजार क्षेत्र खाली गर्न आग्रह गरेको छ।

महाशाखाले नदीको तटीय क्षेत्रमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अपिल गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

‘त्रिशूली नदी छेउछाउका बस्ती र बजार क्षेत्र खाली गरी उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहनुहोस्,’ महाशाखाले सूचनामार्फत भनेको छ।

बाढी मुग्लिनतर्फ तीव्र गतिमा अघि बढिरहेकाले त्रिशूली नदी आसपासका बस्ती, बजार तथा सडकखण्डमा जोखिम बढेको भन्दै स्थानीय प्रशासन र सुरक्षा निकायलाई समेत सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै