वीरगन्ज । पर्सा प्रहरीले ८१ ग्रामभन्दा बढी ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा गरिएको छड्के जाँचका क्रममा प्रहरीले वीरगन्ज महानगरपालिकाको बाइपास सडकखण्डबाट जगरनाथपुर गाउँपालिका निवासी अजयप्रसाद यादवलाई पक्राउ गरेको हो।
पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईका अनुसार पैदल हिँडिरहेका यादवमाथि शंका लागेर जाँच गर्दा उनको पाइन्टको खल्तीबाट ८१ दशमलव ३७ ग्राम ब्राउनसुगर बरामद भएको थियो।
यादवको साथबाट गाडीको साँचोसमेत फेला परेपछि प्रहरीले थप अनुसन्धान गर्दै वीरगन्ज महानगरपालिका–८ स्थित एक स्थानबाट बा १८ च ९००३ नम्बरको कारसमेत बरामद गरेको जनाएको छ।
ब्राउनसुगरसहित पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।