ट्रेन्डिङ

गरिमा चौधरी बलात्कार–हत्या प्रकरणमा थप एक जना पक्राउ

सिमरा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका निवासी प्रदीप खड्का रहेका छन् ।
उनी विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–१ मा भदौ २ गते गरिमा मृत अवस्थामा फेला परेकी थिइन् ।

घरबाट हराएको तीन दिनपछि उनको शव फेला परेको थियो ।

प्रहरीको अनुसन्धानबाट गरिमाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको छ ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा भूमिकाबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीनबहादुर घलेका अनुसार घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको छ ।

पछिल्लो पटक पक्राउ परेका खड्कासहित घटनामा अनुसन्धानका लागि ९ जना प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

घटनामा पक्राउ परेकाहरूको संलग्नता र भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै