वीरगन्ज । वीरगन्जबाट प्रकाशित हुने साप्ताहिक पत्रिका मध्य नेपाल सन्देशको कार्यालयमा चोरी भएको छ ।
वीरगन्जको पानीटंकीस्थित पत्रिकाको कार्यालयमा चोरी भएको हो ।
पत्रिका छाप्ने मेसिन (यन्त्रबाहेक) अधिकांश सामान चोरी भएको मध्य नेपाल साप्ताहिक पत्रिकाकी सम्पादक कविता खडकाले बताइन ।
उनका अनुसार कार्यालयमा रहेको कम्प्यूटर,सिसी क्यामेरासहित अन्य सामाग्री चोरी भएको छ ।