ट्रेन्डिङ

क्यारियरको ट्रकबाट पर्सामा एक लाख २० हजार बढी ट्रमाडोल बरामद

वीरगन्ज । पर्साम क्यारियरको ट्रान्सपोर्ट ट्रकबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रमाडोल बरामद भएको छ।

पर्सा प्रहरीले सात दिनअघि नियन्त्रणमा लिएको शंकास्पद ट्रकलाई राजश्व अनुसन्धान विभागमा परीक्षणका लागि पठाएपछि  एक लाख २० हजार थान ट्रमाडोल ट्याब्लेट फेला परेको हो।

राजश्व अनुसन्धान विभाग, पथलैया स्रोतका अनुसार प्रसान्त क्यारियरको बा.प्र. ०३-००१ ख ३३४६  ट्रकमा कस्मेटिक सामग्री, ब्याट्री र विभिन्न मेडिसिनका सामान ढुवानी भइरहेको थियो।

सोही सामानबीच लुकाएर राखिएको अवस्थामा करिब एक लाख थान प्रतिबन्धित ट्रमाडोल बरामद गरिएको स्रोतले जनाएको छ।

पर्सा प्रहरीले गएको मंगलबार वीरगन्जको गण्डक चोकबाट उक्त ट्रकलाई शंकास्पद देखिएपछि नियन्त्रणमा लिएको थियो।

प्रारम्भिक अनुसन्धानपछि थप परीक्षणका लागि ट्रकलाई राजश्व अनुसन्धान विभागमा पठाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

बरामद भएको ट्रमाडोलको यकिन संख्या गणना तथा त्यसको स्रोत, गन्तव्य र संलग्न व्यक्ति पहिचानका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै