ट्रेन्डिङ

मधेश प्रदेशको बजेट आज सार्वजनिक हुँदै, दिउँसो १ बजे प्रदेश सभामा प्रस्तुत गरिने

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि आज वार्षिक बजेट सार्वजनिक गर्ने भएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभा बैठकमार्फत नयाँ आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभाले जनाएको छ।

संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ।

सोही व्यवस्था अनुसार मधेश प्रदेश सरकारले आज बजेट ल्याउन लागेको हो।

यसअघि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको थियो।

उक्त नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएपछि बजेट प्रस्तुत गर्न लागिएको हो।

मधेश प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गर्नेछन्।

प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने अपेक्षा गरिएको छ।

बजेटमार्फत आगामी आर्थिक वर्षका विकास योजना, राजस्व संकलन तथा खर्च व्यवस्थापनसम्बन्धी कार्यक्रम सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै