ट्रेन्डिङ

थुनछेक बहसअघि मेयर सिंहको बयान हुँदै, कुन न्यायाधीशको इजलासमा पर्‍यो मुद्दा ?

वीरगन्ज । लिखतसम्बन्धी कसुरको अभियोगमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको मुद्दा जिल्ला अदालत पर्साका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासमा परेको छ।

जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार मेयर सिंहविरुद्धको मुद्दा मुख्य न्यायाधीश रेग्मीको इजलासमा परेको हो।

अब अदालतमा सिंहको बयान लिने प्रक्रिया सुरु हुने र त्यसपछि थुनछेक बहस अघि बढाइने उनले जानकारी दिए।

पर्सा प्रहरीले लिखतसम्बन्धी कसुरमा पक्राउ परेका मेयर सिंहलाई मंगलबार बिहान अदालतमा उपस्थित गराएको थियो।

बयान सकिएपछि थुनछेक बहस हुनेछ। त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्नेबारे आदेश दिनेछ।

मेयर सिंहविरुद्ध जारी भएको पक्राउ पुर्जीपछि उनी आठ दिनसम्म सम्पर्कविहीन रहेका थिए।

प्रहरीले विशेष सूचनाको आधारमा उनलाई पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

मेयर सिंह पक्राउ परेपछि वीरगन्जको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ भने अदालतको आगामी आदेशलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै