ट्रेन्डिङ

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

वीरगन्ज । वीरगन्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ।

लिखत सम्बन्धी कसुरमा अदालतले मंगलबार पक्राउ अनुमति दिएको हो।

जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकर मल्लिकले मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरेका छन्।

उनका अनुसार सिंहविरुद्ध चारवटा मुद्दा दर्ता भएपनि अदालतले हाल लिखत सम्बन्धी कसुरमा मात्रै पक्राउ अनुमति दिएको हो।

अदालत स्रोतका अनुसार अनुसूची–२२ अन्तर्गत लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको हो।

वीरगन्जका स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको अदालतले जनाएको छ।

जाहेरीमा मेयर सिंहले नक्कली कागजातको प्रयोग गरी अर्काको छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर नागरिकता बनाइदिएको आरोप लगाइएको छ।

सोही आरोपको आधारमा अदालतले पक्राउ प्रक्रिया अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो।

घटनापछि वीरगन्जको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ भने यस विषयलाई लिएर विभिन्न राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ।

प्रहरीले अदालतको आदेशअनुसार थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै