वीरगन्ज। पर्सा प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुइजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै लागुऔषध सेवनकर्ताको खोजी तथा सुधार महाअभियानअन्तर्गत महानगरपालिका–१६ स्थितको सडकखण्डबाट दुई जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।
प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले ना ३९ प २५३२ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरूमाथि शंका लागेर जाँच गर्दा दुइ जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–३२ बस्ने २० वर्षीय राहुल सिंह र बारा जिल्लाको जितपुर नगरपालिका ७ निवासी वर्षीय नन्दन गुप्ता रहेका छन्।
जाँचका क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूले पाइन्टभित्र लुकाइछिपाइ राखेको प्लास्टिकसहित ८ ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।
उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।