वीरगन्ज । नेपाली कांग्रेसका सभापति गगन थापाले पर्साका दुई नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
सभापति थापाले सोमबार पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम पर्साका रमेश रिजाल र अजयकुमार चौरसियालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
रिजाल लामो समयदेखि पार्टी संगठन तथा मधेस राजनीतिमा सक्रिय नेता मानिन्छन् भने चौरसिया पनि पर्सा जिल्लामा कांग्रेस संगठन विस्तारमा सक्रिय रहँदै आएका छन् ।
सभापति थापाले सोमबार कुल १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । त्यसमध्ये पर्साबाट दुई नेताले अवसर पाएका हुन् ।