वीरगन्ज। जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेतामा चन्दन कुमार सिंह लाई चयन गरेको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिले जारी गरेको पत्रअनुसार आजको मितिदेखि लागू हुने गरी सिंहलाई उक्त जिम्मेवारी तोकिएको हो।
पत्रमा मधेश प्रदेशमा पार्टीको संसदीय दलको नेतृत्व गर्न उनलाई जिम्मेवारी दिइएको स्पष्ट उल्लेख गरिएको छ।
निर्णयबारे जानकारी दिँदै पार्टी अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले हस्ताक्षर गरेको पत्रमा सिंहलाई प्रभावकारी रूपमा संसदीय दलको नेतृत्व गर्न निर्देशन दिइएको छ।
उक्त पत्र मधेश प्रदेश सचिवालय तथा जनमत पार्टी मधेश प्रदेश संसदीय दललाई बोधार्थसमेत पठाइएको छ।
