काठमाण्डौँ । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्ने ४ जना पक्राउ परेका छन् ।
उनीहरूलाई सिंहदरबार परिसरभित्र बाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
सेयर कारोबारमा विवादित व्यापारीसँगको पार्टनरसिप देखिएको भन्दै केही दिनदेखि गृहमन्त्री गुरुङको आलोचना भइरहेको छ ।