वीरगन्ज । परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता यहि ५ गते अर्थात् पर्सीदेखी सुरु हुने भएको छ ।
आयोजक शक्ति युवा क्लवले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी दिएको हो । बाराको परवानीपुर खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।
संयोजक संजय मण्डलका अनुसार प्रतियोगितामा भारतको एकसहित सात वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक शक्ति युवा क्लब परवानीपुरसहित वीरगन्ज युथ क्लब, वीरगन्ज युनाइटेड क्लब, नव जनजागृति युवा क्लब सिमरा, निजगढ फुटबल क्लब, रिगल हेटौडा एन्फा क्लब, चिडिया दह क्लब रौतहट र यंग स्टार क्लबबिच खेल हुने उनले बताए ।
प्रतियोगिताका विजेताले नगद २ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
खेल बैशाख १२ गतेसम्म चल्ने आयोजकले बताएको छ ।