काठमाण्डौँ । कतार सरकारले तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ ।
रमादानको अवसर पारेर कतारका आमिर शेख तमिम विन हमाद अलथानीले सो आममाफी दिएका हुन् ।
कतारको दोहा स्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई आममाफी दिलाउन सफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यद्यपि, ती नेपालीहरू के कारणले जेलमा परेका थिए भन्ने विषयमा मन्त्रालयले खुलाएको छैन । यस्तै आममाफी पाएकाहरुको नाम पनि सार्वजनिक गरिएको छैन ।
आममाफी पाएका तीनै जना नेपाली हाल नेपाल फर्किने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।