ट्रेन्डिङ

ट्रम्पको वार्ता दाबी खण्डन गर्दै इरान, द्वन्द्व अझै चर्किने संकेत

-एजेन्सी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यतर्फ सकारात्मक प्रगति भएको दाबी गरे पनि इरानले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।

ट्रम्पले इरानसँगको तनाव कम गर्न वार्ता भइरहेको र ऊर्जा पूर्वाधारमा हुने सम्भावित आक्रमणलाई पाँच दिनका लागि स्थगित गरिएको बताएका थिए।

उनका अनुसार इरान आणविक हतियार परित्याग गर्न तयार देखिएको र उनीहरुकै आग्रहमा टेलिफोनमार्फत संवाद अघि बढाइएको हो।

ट्रम्पले “प्रायः सबै मुख्य मुद्दामा सहमति नजिक पुगेका छौँ, तर यदि वार्ता सफल भएन भने पुनः बमबारी सुरु गर्नुपर्ने अवस्था आउन सक्छ,” भन्दै चेतावनी दिएका छन्।

तर, इरानको विदेश मन्त्रालयले भने ट्रम्पको दाबीलाई ‘भ्रामक र आधारहीन’ भन्दै खण्डन गरेको छ।

इरानी अधिकारीहरूले अमेरिकासँग कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष संवाद नभएको स्पष्ट पारेका छन्।

इरानले आफ्ना रणनीतिक र सैनिक उद्देश्य पूरा नभएसम्म कुनै पनि प्रकारको वार्ताको सम्भावना नरहेको पनि जनाएको छ, जसले दुई देशबीचको तनाव अझै कायम रहेको संकेत गर्दछ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै