ट्रेन्डिङ

वीरगन्ज हेल्थ केयर अस्पतालमा ‘इलेक्सन मेडिकल टाक्स फोर्स’ गठन, विशेषज्ञ टिम ‘हाइ अलर्ट’ मा

हेलिप्याडबाट रेस्क्यु सुविधा

वीरगन्ज ।  बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा हुन सक्ने सम्भावित दुर्घटना तथा घाइतेहरुको उपचार व्यवस्थापनका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले ‘इलेक्सन मेडिकल टाक्स फोर्स’ गठन गरेको छ ।

निर्वाचन अवधिभर आकस्मिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक तयारी स्वरुप उक्त टोली गठन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले बुधबार सूचना जारी गर्दै निर्वाचन अवधिभर कुनै पनि आकस्मिक परिस्थितिमा तत्काल ‘रेस्पोन्स’ दिने गरी विशेष चिकित्सकसहितको दक्ष टोली स्ट्यान्डबाइ राखिएको बताएको छ । साथै अस्पतालभित्रै तीव्र उपचार सेवा मात्र नभइ, आवश्यक परे ‘फिल्ड’ मै खटिने रणनीतिसमेत तय गरिएको अस्पतालका सन्चालक डा. अबुल हैस अन्सारीले बताए ।

निर्वाचनका बेला हुन सक्ने अप्रत्याशित घटनाबाट हुने सम्भावित घाइतेको उपचारमा कुनै ढिलाइ नहोस् भन्ने उद्देश्यले न्यूरो सर्जन, जनरल सर्जन र हाडजोर्नी विशेषज्ञसहितको टिम परिचालनमा राखिएको उनको भनाइ छ ।

अस्पतालले आकस्मिक उद्धार (रेस्क्यू) कार्यलाई छिटो, सुरक्षित र प्रभावकारी बनाउन हेलिप्याडको सुविधा समेत उपलब्ध रहेको जानकारी दिएको छ।

यसले आपतकालीन अवस्थामा हवाई उद्धार सेवा सञ्चालन गर्न सहजता प्रदान गर्ने सन्चालक अन्सारीको विश्वास छ ।

टास्क फोर्समा को–को?

• डा. आशिफ अन्सारी – सामान्य शल्यचिकित्सा विशेषज्ञ

• डा. फिरोज अफजल – मस्तिष्क तथा स्नायु शल्यचिकित्सा विशेषज्ञ

• डा. राजु गुप्ता – हाडजोर्नी रोग विशेषज्ञ

• डा. रोबिन राज पण्डित – हाडजोर्नी रोग विशेषज्ञ

अस्पतालले निर्वाचन अवधिभर २४ सै घण्टा आपतकालीन सेवा निरन्तर सञ्चालनमा रहने स्पष्ट पारेको छ । आकस्मिक सहयोगका लागि ९८४२९२१००४ नम्बर सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै