ट्रेन्डिङ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार ३१ उडान रद्द

काठमाण्डौँ । अमेरिका–इजरायल र इरानबिचमा देखिएको पछिल्लो असामान्य अवस्थाका कारण केही देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ती देशतर्फ हुने अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्।

जसअनुसार सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत ३१ वटा उडान रद्द भएका जनाइएको छ ।

हाल कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाई क्षेत्र बन्द भएका छन् । विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयका अनुसार आजका लागि तय गरिएका विभिन्न एयरलाइन्सका उडानहरू रद्द भएका छन् भने केही उडानहरू चैत ३ गतेसम्मका लागि स्थगित गरिएका छन्।

रद्द भएका प्रमुख उडानहरूमा जजीरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज तथा हिमालय एयरलाइन्सका उडान रहेका छन्।

विमानस्थल कार्यालयले प्रभावित यात्रुहरूलाई सम्बन्धित एयरलाइन्ससँग सम्पर्क राख्न तथा उडानबारे अद्यावधिक जानकारी लिन आग्रह गरेको छ ।

साथै हवाई व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एयरलाइन्स तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै